एनएसए कप पौडी प्रतियोगिता आजदेखि

काठमाडौं । नेपाल पौडी सङ्घले आयोजना गर्ने ११औँ एनएसए कप पौडी प्रतियोगिता आज देखि सुरु हुँदै छ । नेपाल पौडी सङ्घका अनुसार दुई दिने प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ १ सय ७० जना तथा महिला तर्फ ९० जना गरी २ सय ६० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता अन्तरगत खुल्ला तर्फ २८ स्वर्ण तथा उमेर समूहमा ३६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
यो प्रतियोगिताबाट चीनको होन्जाउ सहरमा सन २०२३ सेप्टेम्बर २३ देखी अक्टोबर ७ तारिक सम्म हुने १९औँ एसियाली खेलको पौडी प्रतियोगिताका लागि २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीको छनौट गरिने सङ्घले बताएको छ ।
यस्तै पेरिस ओलम्पिकमा सहभागिता जनाउन जापानको फुकुहवा सहरमा हुने छनोट राउन्डको वल्ड एक्वाइटिक च्याम्पियनसिपका लागि २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीको छनोट पनि यही प्रतियोगिता बाट हुनेछ ।
प्रतियोगितामा विराटनगर, वीरगन्ज, नेपालगन्ज तथा उपत्यकाका ३६ वटा विद्यालयले सहभागिता जनाउँदैछन् ।

प्रतिक्रिया