नेमकिपाले आज जुलुस र धर्ना कार्यक्रम गर्ने
नेपालखोज
२०८० जेठ २१ गते ७:४२

काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आज आइतबार काठमाडौंमाम जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ ।
बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद् भवन नयाँ वानेश्वरमा धर्नामा बस्ने कार्यक्रम रहेको छ । धर्नामा पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।
यसअघि वैशाख १७ गते बसेको पार्टीको सचिवालयको बैठकले नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया