शुक्रबार, वैशाख १४, २०८१

अध्यक्ष झाले गरे रासस वीरगञ्ज कार्यालयको निरीक्षण

नेपालखोज २०८० जेठ २१ गते ८:०६

वीरगञ्ज । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्साको वीरगञ्जस्थित रासस कार्यालयको निरीक्षण गरेका छन् ।

रासस कार्यालय भवनको निरीक्षणपश्चात् अध्यक्ष झाले ग्रामीण र खोजमूलक समाचार सङ्कलन गर्न बढी ध्यान दिन निर्देशनसमेत दिए । उनले राससमा कार्यरत समाचारदाताको थप दक्षता अभिवृद्धिका लागि निकट भविष्यमै तालिमको व्यवस्था मिलाइने समेत जानकारी दिए ।

सो क्रममा रासस वीरगञ्ज कार्यालयका प्रमुख राजु विश्वकर्माले कार्यालयको भौतिक संरचनाको अवस्थासँगै कार्यालय भवनको हालै गरिएको मर्मतसम्भार बारेमा अध्यक्ष झालाई जानकारी गराए ।

रासस भवनको पछिल्लो समय जीर्णोद्धारसँगै रङरोगन गरिएको छ । सो अवसरमा अध्यक्ष झाले रासस वीरगञ्ज कार्यालयको ‘सटर’मा व्यवसाय गर्दै आएका व्यापारीसँग समेत छलफल गरे ।

अध्यक्ष झाका साथमा रासस सञ्चालक समिति सदस्य कृष्ण अधिकारीको पनि सहभागिता थियो ।

प्रतिक्रिया