आइतबार, वैशाख २३, २०८१

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

नेपालखोज २०८० असार २१ गते १५:५२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरिएको जानकारी दिए ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।

दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए । विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।

विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।

माध्यमिक शिक्षा परीक्षा (SEE) २०७९ को नतिजा सम्बन्धी विवरण निम्न बमोजिमकि Website बाट प्रकाशन हुने सूचना ।

रा.प. बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी

१. www.see.gov.np

२. राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी

www.neb.gov.np

३. नेपाल टेलिकम

www.see.ntc.net.np

४. एनआइसी एसिया बैंक

https://see.nicasiabank.com

५. इडियु संजाल

www.see.edusanjal.com

६. कान्तिपुर पब्लिकेशन्स् लि.

www.ekantipur.com

७. द कनेक्ट प्लस प्रा. लि.

www.theconnectplus.com

5. खल्ती प्रा. लि.

https://khalti.com/app

९. नीमा एजुकेशन फाउण्डेशन प्रा. लि.

www.neemaacademy.com

१०. स्मार्टकार्ड नेपाल प्रा. लि.

https://mypay.com.np

११. कम्प्युटायल नेटवर्क प्रा. लि.

www.nepaleducationportal.com

१२. फोनिक्स एजुकेशन फाउण्डेशन

www.ayoresult.com

१३. इम्प्रेसिभ मिडिया प्रा. लि.

www.results.matraeducation.com

१४. एवन सफ्ट सोलुसन टेक्नोलोजी प्रा. लि.

www.tuteeline.com

प्रतिक्रिया