ए डिभिजन लिग : आज चार खेल हुँदै

नेपालखोज २०८० जेठ २१ गते ८:३९

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तरगत आज चार खेल हुँदैछ । २४औं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दुई तथा एन्फा कम्प्लेक्स र च्यासल रंगशालमा एक एक खेल हुनेछ ।

उपाधि होडमा रहेको दोस्रो स्थानको मछिन्द्रले च्यासल मैदानमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । खेल तीन बजे सुरु हुनेछ ।

मछिन्द्र २३ खेलबाट ३९ अंकजोडेर दोस्रो छ भने समान खेलबाट ३४ अंकसहित पुलिस चौथो स्थानमा छ ।

दशरथ रंगशालमा दिउँसो तीन बजे एनआरटी हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ ।

हिमालयन शेर्पा २३ खेलमा ३० अंक जोडेर आठौं स्थानमा छ भने समान खेलबाट एनआरटी २९ अंक जोडेर १० औं स्थानमा छ ।

यस्तै पुछारमा रहेको खुमलटार र रेलिगेसन जोनभन्दा २ अंकले मात्र अघि रहेको संकटा क्लबबीच एन्फा कम्प्लेक्समा तीन बजे खेल हुनेछ ।

संङ्कटा २३ खेलबाट २७ अंकसहित १२औं स्थानमा छ भने खुमलटार २४ अंकसहित पुछारमा छ ।

यस्तै रेलिगेसन जोमा रहेको अर्को क्लब फ्रेण्ड्सले साँझ ६ बजे दशरथ रंगशालमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

मनाङ २३ खेलबाट ३१ अंक जोडेर छैटौं स्थानमा छ । फ्रेण्ड्स भने २५ अंकसहित १३औं स्थानमा छ ।

प्रतिक्रिया