महिला टी-२० : मलेसियाविरुद्ध शृखंला जित्न नेपाललाई ११० रनको लक्ष्य

नेपालखोज २०८० जेठ २१ गते १०:३२

काठमाडौं । मलेसियाविरुद्धको महिला टी-२० शृखंला जित्न नेपालले ११० रनको लक्ष्य पाएको छ ।

शृखंलाको पाँचौ तथा निर्णायक खेलमा युकेएम-वाईएसडी ओभलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १०९ रन बनाएको हो ।

यसअघिको चार खेलमा नेपाल र मलेसियाले २-२ खेल जितेकोले आजको खेल जित्ने टिमले शृखंला जित्नेछ ।

प्रतिक्रिया