ब्रोकरको कार्यालयमा तालाबन्दी, शेयर कारोबार प्रभावित
नेपालखोज
२०८० जेठ २१ गते ११:२२

काठमाडौं । लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेसंगै शेयर बजार प्रभावित भएको छ ।
आइतबार आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक शंसोधन नभएसम्म शेयर कारोबार नगर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका हुन् ।
ब्रोकर कार्यालयमा ताला लगाएको भए पनि टिएमएस नखुलेका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि शेयर किनबेच गर्न पाएका छैनन् ।
अहिले तिर्दै आएको ५ र ७.५ प्रतिशत पुँजिगत लाभकर नै अन्तिम कायम गर्नुपर्ने माग लगानीकर्ताले राखेका छन् ।
सम्बन्धित

प्रतिक्रिया