राष्ट्र बैंकले पुनः ३० अर्ब ८७ करोड रुपैयाँको ट्रेजरी आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ ।
राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपराह्न तीन बजेसम्ममा बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा ट्रे जरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने जेठ २३ गते तोकिएको ट्रे जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् ।
बिक्री गरिने कुल ट्रे जरी मध्येमा २८ दिने अवधिको आठ अर्ब, ९१ दिने अवधिको छ अर्ब चार करोड ५० लाख, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब ८३ करोड रुपैयाँको रहेको छ ।
सो मध्ये २८ दिने अवधिको आठ अर्ब मध्ये पाँच अर्ब नयाँ र बाँकी सबै पुरानो नवीकरण अन्तर्गतको रहेको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० असार १९ गते, २०८० भदौ १९ गते, २०८० मङ्सिर १९ गते र २०८१ जेठ २२ तोकिएका छन् ।
यसअघि यही जेठ १४ गते पनि राष्ट्र बैकले २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रे जरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया