शुक्रबार, वैशाख २६, २०८२

एमालेमै फर्किए नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने

नेपालखोज २०८० जेठ २१ गते १६:३६

काठमाडौं । नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने पार्टी विभाजनको दुई वर्षपछि नेकपा एमालेमा फर्किएका छन् ।

केही समयअघि नेकपा एसको नीति तथा कांग्रेसपरस्त प्रवृत्तिसँग असहति जनाउँदै राजीनामा दिएका न्यौपाने एमालेमा समाहित भएका हुन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतका नेताहरूले न्यौपाने र सूर्य शर्मालगायत नेतालाई एमालेमा स्वागत गरेका छन् ।

प्रतिक्रिया