देशभरको अधिकतम र न्यूनतम तापक्रम नघट्ने, पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघ/गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको तथा लुम्बिनी प्रदेशको तराईका केही स्थानहरुमा हावा/हुरीकोसमेत सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
देशको तराईका केही भू-भागहरूमा तातो हावा/लू (Heat Wave) चलिरहेको छ तथा देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने भएकाले अत्याधिक गर्मी, मेघ-गर्जन/चट्याङ तथा हावा-हुरीबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ ।

प्रतिक्रिया