शरणार्थी प्रकरण : आजपनि थुनछेक बहस जारी रहने
नेपालखोज
२०८० जेठ २२ गते ६:३९

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आजपनि थुनछेक बहस जारी रहने भएको छ । काठमाडौं जिल्ला अदालतमा हिजोदेखि सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुईजना वकिलले मात्रै बहस गरेका थिए ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतका अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुन छेक बहस गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया