शनिबार, जेठ ४, २०८२

तापक्रम बढ्दा बालीनालीमा असर

नेपालखोज २०८० जेठ २२ गते ८:४८

एजेन्सी । मिडिया रिपोर्टहरु अनुसार पूर्वी जियाङ्सु प्रान्तको एक फार्ममा यो हप्ता अचानक बिजुली फेल भएका कारण सयौं सुँगुर मरेका छन् ।

जानकारी अनुसार अत्यधिक गर्मी र हावाको खराब गुणस्तरका कारण ती सुंगुर मरेका हुन् । यता गुआङ्सीको दक्षिणपश्चिमी क्षेत्रमा धान खेतमा बस्ने ठूलो संख्यामा खेती गरिएका कार्पहरू पनि मरेका छन् ।

दक्षिणी चीनका मानिसहरूले गर्मीका कारण खेतमा भरिएको पानी पनि धेरै तातो भएको र त्यसका कारण पानीमा रहेका माछाहरू मरेको बताएका छन् ।

यसबाहेक ठूलो संख्यामा खरायो पनि मरेका छन् । गर्मीका कारण देशका प्रमुख गहुँ उत्पादक क्षेत्र पनि नराम्रो सँग प्रभावित भएको छ । हेनानमा भारी वर्षाले गहुँ उत्पादनमा नराम्रो असर गरेको छ ।

फसल काट्नु भन्दा केही दिनअघि नै वर्षाका कारण बाली नष्ट भएको थियो । वर्षाका कारण उक्त क्षेत्रमा उपलब्ध गहुँमध्ये २० प्रतिशत खेर गएको बताइएको छ ।

प्रतिक्रिया