राष्ट्रियसभाको बैठक बस्दै
नेपालखोज
२०८० जेठ २२ गते ८:२७

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउने छन् ।
आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान छलफलका लागि प्रस्ताव पेस हुने र छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया