शुक्रबार, वैशाख १४, २०८१

दोहोरो त्रासदीबाट गुज्रिरहेको छ चीन

नेपालखोज २०८० जेठ २२ गते ९:२५

एजेन्सी । चीनका धेरै क्षेत्रमा अचानक देखापरेको मौसमी परिवर्तनले तहल्का मच्चाएको छ । मार्च महिनापछि चीनका दर्जनौं सहरमा तापक्रममा अत्याधिक वृद्धि देखिएको छ । युनान र सिचुआन प्रान्तका धेरै सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।

भनिन्छ कोरोना भाइरसको महामारीपछि चीनसामु नयाँ चुनौती खडा भएको छ । चीनका धेरै राज्यहरूमा बदलिँदो मौसम र बढ्दो तापक्रमले जनतामा समस्या सिर्जना गरेको छ । सञ्चारमाध्यमहरुका अनुसार चीनमा चर्को गर्मीका कारण ठूलो संख्यामा जनावरको मृत्यु भैरहेको छ ।

यो सँगै बालीमा पनि नराम्रो असर परेको छ । मौसममा आएको परिवर्तनले चीनको खाद्य सुरक्षाको चिन्ता पनि बढाएको छ । तापक्रम वृद्धिले मुलुकमा ऊर्जा संकट पनि सिर्जना गरेको छ ।

यसबीच यो वर्ष देशका धेरै ठाउँमा गत वर्षको तुलनामा बढी तापक्रम रेकर्ड गरिएको छ । गर्मीका कारण मौसममा आएको परिवर्तनले सुँगुर, खरायो तथा माछा सबैभन्दा बढी प्रभावित भएका छन् ।

अर्कातिर सरकारि अधिकारीहरू के कुराले चिन्तित छन् भने धान उत्पादन गर्ने चीनको मुख्य क्षेत्र याङ्त्जेमा सुख्खा लाग्न सक्छ ।

सहरका धेरै ठाउँमा तापक्रम अत्याधिक बढेको छ । मार्च महिनापछि चीनका दर्जनौं सहरको तापक्रममा अत्याधिक वृद्धि भएको छ । युनान र सिचुआन प्रान्तका धेरै सहरहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

चीनको मौसम प्रशासनका अनुसार बुधवारसम्म देशभरका विभिन्न सहरमा रहेका ५७८ राष्ट्रिय मौसम केन्द्रहरूले हाल देसैभर गर्मीको लहर चलिरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया