शनिबार, जेठ ४, २०८२

उडिसामा रेल दुर्घटना : ५१ घन्टा पछि रेल सेवा सुरु

नेपालखोज २०८० जेठ २२ गते ८:४४

उडिसा । उडिसा रेल सेवा ५१ घन्टा पछि सुरु भएको छ । उडिसामा रेल दुर्घटना पछि अवरुद्ध रेल सेवा ५१ घन्टा पछि सुरु भएको हाे । बालासोर जिल्लाको बहंगा बजारमा शुक्रबारको भीषण रेल दुर्घटना पछि पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अवरुद्ध हुन पुगेको थियो । 

तर, हिजो राति मुख्य ट्रंक लाइनबाट क्षतिग्रस्त रेलका कोचहरू हटाइएको तथा रेल सेवाहरू सुरु गर्नका लागि दुईवटा ट्रयाकहरू मर्मत गरिए पछि सो बाटो हुँदै जाने रेल सेवा सुरु भएको हो । आइतबारदेखि एक लाइनको रेल सेवा सञ्चालनमा आएको थियो । 

सो भयानक दुर्घटना पछि घटनास्थलमा रहेका रेल मन्त्री रेल मन्त्री अश्विनी वैष्णव आफैं उपस्थित भएर रेल्वे सेवा सुरु गराएका थिए ।

गत शुक्रबार राति तीनवटा रेल एक आपसमा ठाेक्किदा २ सय ७५ भन्दा बढीकाे मृत्यु भएकाे थियाे भने ११ सय भन्दा बढी घाइते भएका थियाे । साे दुर्घटना यस दशककै सबैभन्दा ठुलाे दुर्घटना मानिएकाे छ । 

प्रतिक्रिया