संसद अवरोध हटाउने विषयमा प्रधानमन्त्री र सभामुखकाे फोन संवाद
नेपालखोज
२०८० जेठ २२ गते ९:५१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच फोन संवाद भएकाे छ । प्रतिनिधिसभामा तीन दलले गरिरहेको अवरोध हटाउने विषयमा उनीहरुबीच फोन संवाद भएकाे जनाइएकाे छ ।
सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर सदनको अवरोध हटाउनको लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको र समयमै बजेट पारित गर्न नसकिने जोखिम रहेकाले सहयोग गर्न आग्रह समेत गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक निष्कृय बनाउन र भारतसँग नेपालको भूमि साट्ने विषयमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति फिर्ता लिन माग गर्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार प्रतिनिधिसभाको बैठक चल्न दिएका थिएनन् ।
सम्बन्धित
प्रतिक्रिया