सुनचाँदीको भाउ स्थिर
नेपालखोज
२०८० जेठ २२ गते १०:३६

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनचाँदीको भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन आइतबार पनि एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि स्थिर रहेकाे छ । आज तेजाबी सुन एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे पनि तेजाबी सुन एक लाख ११ हजार ५० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी, चाँदीको मूल्य पनि आज स्थिर रहेकाे छ । आज चाँदी १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १४ सय १५ रुपैयाँमा नै कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया