गौरमा भएकाे नरसंहारविरुद्धको रिट रेग्मीको इजलासमा
नेपालखोज
२०८० जेठ २२ गते ११:०९

काठमाडाैं । गौरमा भएकाे नरसंहारविरुद्धको रिटमा सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा छानबिन नभएपछि पीडित परिवार र आफन्तले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायत निकायलाई विपक्षी बनाएर दायर रिटमा आजदेखि सुनवाइ हुन लागेको हो ।
तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमले गरेकाे कार्यक्रममा हिंसात्मक झडप हुँदा २७ जनाको मृत्यु भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया