बिहीबार, वैशाख ६, २०८१

प्रकाश सपुतले ‘दमाई महाराज’ ल्याउने

नेपालखोज २०८० जेठ २२ गते १२:१८

काठमाडौं । गायक प्रकाश सपुतले ‘बोल माया’भाग २ को रुपमा ‘दमाई महाराज’ ल्याउने भएका छन् ।

सामाजिक सञ्जालबाट जानकारी दिंदै उनले २०८० साललाई जातीय विभेदविरुद्धकोे वर्षका रुपमा आफूले मनाउने निर्णय गरेकाले सोही अनुसारका सिर्जना ल्याउने उल्लेख बताएका छन् ।

प्रकाशले फेसबुकमा लेखेका छन्, ‘बाध्यताले अरब जाने र दुर्भाग्यवश काठको बाकसमा फर्किनेको विरक्तलाग्दो कथा थियो, बोल माया । संयोगवश अहिले अरब (दुबई)मा छु र यहींबाट बोल माया–२ को टाइटल अनाउन्समेन्ट गर्दैछु,’ प्रकाशले बोल माया–२ ले अन्धविश्वास र जातप्रथाको गलत चेतनास्तरमाथि प्रश्न गर्ने बताएका छन् ।

‘बोल माया’ सपुतको चर्चित गीत हो । नारायण रायमाझी, शान्तिश्री परियार र स्वयं प्रकाशकै स्वर रहेको यो गीतले प्रकाश सपुतलाइे पछाडि फर्केर हेर्नुपरेको छैन । उनका त्यसपछिका ‘गलबन्दी’, ‘पिर’, ‘सकम्बरी’ले उत्तिकै सफलता प्राप्त गरेका छन् ।

प्रतिक्रिया