विश्व वातावरण दिवसको अवसरमा ‘बृहत् वृक्षारोपण’ सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत् वृक्षारोपण’ कार्यक्रम सम्पन्न गरेको छ ।
‘बिट द प्लास्टिक’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जर्गेना तथा प्रवर्द्धन गर्ने हेतुले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार शान्तिनगर, काठमाडौंमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
द रिभोलुसन प्रोजेक्टसंगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को दिन बृहत् वृक्षारोपण कार्यक्रम शान्तिनगर वडा नम्बर ९ मा करिब दुई सय ५० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेर उक्त कार्यक्रम सम्पन्न गरेको बैंकले जानकारी दिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरूमा स्वस्थ शिविर सञ्चालन, सामुदायिक विद्यालयएंव मठ मन्दिरहरूमा सहयोगहरू गरिसकेको छ ।
बैकले हाल देशै भरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १४० वटा ए.टी.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १५ लाख ७२ हजार ग्राहक वर्गलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया