राष्ट्र बैंकले माग्यो, मौद्रिक नीतिको लागि राय सुझाव
नेपालखोज
२०८० जेठ २२ गते १४:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको लागि राय सुझाव मागेको छ ।
राष्ट्र बैंकले सुचना जारी गर्दै सरकारले आगामी आर्थिक बर्षको बजेटमा लिएको आर्थिक नीतिलाई नैं केन्द्रबिन्दुमा राखेर सुझावहरु पेस गर्न आग्रह गरेको छ ।
आगामी आर्थिक बर्ष २०८०/०८१ को मौद्रिक नीतिको लागि यही असार १० गतेभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान बिभागमा राय सुझावहरु पेस गरिसक्नु पर्ने छ ।
सरकारले यही जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गरेपछि राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटेको हो ।

सम्बन्धित
प्रतिक्रिया