बिहीबार, चैत १५, २०८०

विश्वका सबैभन्दा प्रदूषित देश

नेपालखोज २०८० जेठ २२ गते १५:१२

काठमाडाैं । ग्रिनपीसको प्रतिवेदन अनुसार ८९.७ अंकका साथ चाड विश्वको सबैभन्दा प्रदूषित देशहरूको पहिलो नम्बरमा छ । इराक ८०.१ अंकका साथ विश्वको सबैभन्दा प्रदूषित देशको सूचीको दोस्रो स्थानमा छ ।

सबैभन्दा प्रदूषित देशको सूचीमा पाकिस्तान तेस्रो नम्बरमा छ जसले ७०.९ अंक प्राप्त गरेको छ । ६६.६ अंकका साथ चौथो नम्बरमा बहराइन छ जहाँ प्रदूषण मापदण्डको उलंघन बढि नै छ ।

बंगलादेश ६५.८ अंकका साथ यो सूचीको पाँचौं नम्बरमा छ । बुर्किना फासो ६३.० अंकका साथ ग्रिनपीसको सूचीको छैटौं नम्बरमा छ। कुवेत विश्वको सातौं प्रदूषित देश हो।

भारत विश्वको आठौं प्रदूषित देश हो । इजिप्ट विश्वको नवौं सबैभन्दा प्रदूषित देश हो । ताजिकिस्तान ४६.० अंकका साथ विश्वको दशौं सबैभन्दा प्रदूषित देश हो ।

प्रतिक्रिया