शुक्रबार, वैशाख १४, २०८१

यू–२० महिला एसियन कप : छनोट खेलमा आज नेपालले म्यानमारसँग खेल्दै

नेपालखोज २०८० जेठ २३ गते ५:५३

काठमाडाैं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्न म्यानमारमा रहेको नेपाली टोलीले आज पहिलो खेलमा घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार आज साँझ पौने ६ बजे सुरु हुनेछ । छनोटको समूह ‘बी’ मा नेपाल चीन, म्यानमार र चाइनिज ताइपेइ छन् । यसैगरी नेपाले जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेइसँग हुनेछ ।

नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया