वर्ल्डलिंकको fesTVty अफर !

नेपालखोज २०७९ भदौ २४ गते १६:२६

काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले दशैंको अवसरमा ‘वर्ल्डलिंक fesTVty’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक-फरक आकर्षक डिलहरु प्राप्त गर्न सक्नेछन् ।

पहिलो प्याकेज ‘Fast Offer’ अन्तर्गत १ हजार ५० रूपैयाँमा प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २०० Mbps इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् ।

दोस्रो ‘2 Routers’ प्याकेज अन्तर्गत १ हजार ५० रूपैयाँमा प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले Nokia Beacon 1.1 Mesh Router, डुवल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै अटुट कनेक्सनसहितको २०० Mbps इन्टरनेट प्राप्त गर्न सक्नेछन् ।

तेस्रो ‘Smart Offer’ अन्तर्गत १ हजार ५० रूपैयाँमा प्रति महिना (वार्षिक सदस्यता) Nokia Beacon 1.1 Mesh Router, २०० Mbps को इन्टरनेट सेवा पाइनेछ । साथै, सम्पूर्ण प्रकारका आवश्यकताहरुलाई मध्यनजर गर्दै सेट टप बक्सको साथमा मासिक NETTV १ सय ५० रूपैयाँमा उपलब्ध हुन्छ ।

यो अफर १ वर्ष, ६ महिना वा ३ महिनाको प्याकेजहरुमा उपलब्ध छ । साथै उपलब्ध हुने सबै स्पिडहरुमा, सम्पूर्ण ग्राहकहरुका लागि (नयाँ तथा हालका) लागु हुनेछ।

प्रतिक्रिया