प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

नेपालखोज २०८० जेठ २३ गते ६:४२

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ । आजकाे बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । हिजोबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो । 

प्रतिनिधिसभा सदयस्यहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्नो धारणा राख्नेछन् । जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल प्रारम्भ भएको हो । 
 

प्रतिक्रिया