बुधबार, वैशाख २६, २०८१

सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान

नेपालखोज २०८० जेठ २३ गते १०:०८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान गरेका छन् । सन्दीप सोमबार राति दक्षिण अफ्रीका प्रस्थान गरेका हुन् ।

सन्दीप दक्षिण अफ्रीका पुगेर नेपाली टोलीसँग सामेल हुनेछन् । आइसीसी विश्वकप एकदिवसीय छनोटको अन्तिम तयारी गर्न नेपाली टोलीका अन्य खेलाडी दक्षिण अफ्रीका पुगिसकेका छन् ।

बलात्कार आरोपको कारण सर्वोच्च अदालतमा पेशी रहेकोले उनी गत मंगलबार टोलीका अन्य सदस्यसँग दक्षिण अफ्रीका गएका थिएनन् । तर, सन्दीपको पेशी असार २९ सम्मलाई सरेपछि उनी सोमबार दक्षिण अफ्रिका गएका हुन् ।

प्रतिक्रिया