बुधबार, वैशाख १२, २०८१

राष्ट्र बैंकले बैकिङ प्रणालीमा एक अर्ब ४७ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

नेपालखोज २०८० जेठ २३ गते १०:३८

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा एक अर्ब ४७ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सट कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०८० असार एक गतेदेखि २०८१ असार दुई गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुुद्धती निक्षेपकोरुपमा राखिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि एक अर्ब १७ करोड ६० लाख, बिकास बैंकहरुको लागि २२ करोड पाँच लाख र फाईनान्स कम्पनीहरुको लागि सात करोड ३५ लाख रुपैयाँ छुुट्याईएको छ ।

राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही जेठ २४ गतेसम्ममा नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया