बुधबार, वैशाख १२, २०८१

नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीद्धारा न्युजलेटर अनावरण

नेपालखोज २०८० जेठ २३ गते १०:४६

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’ तारिखलाई द्विपक्षीय व्यापार बैठक एन.आई.सी.सी.आई. दिवस घोषणा गरेको छ ।

सो अवसरमा पहिलो संस्करणको न्यूजलेटर अनावरण समेत गरिएको छ । यो कार्यक्रमले नेपाल र इटालीबीचको व्यावसायिक सम्बन्धलाई पर्यटन, उद्योग, आयात, निर्यात बढाउन एन.आई.सी.सी.आई. को प्रतिबद्धतालाई थप मजबुद बनाएको जनाइएको छ ।

इटालीका महामहिम राजदूतश्री भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीकतथादिगो साझेदारीकालागि सहकार्यमा जोड दिए । एन.आई.सी.सी.आईका अध्यक्ष सञ्जय अग्रवालका अनुसार ‘एन.आई.सी.सी.आई. दिवस २०२३’ ले चेम्बरको स्थापनादेखि हालसम्म गरेको उल्लेखनीय यात्रालाई चिन्तन गर्ने अवसर पनि प्रदान गरेको छ ।

इटालीका लागि नेपालका महावाणिज्य दुत प्रतिमा राणा पाण्डेले पहिलो सस्करणको न्यूजलेटरको लागि बधाई तथा शुभकामना व्यक्त गरिन् । नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री नेपालमा स्थापित कम्पनी तथा उद्यमीहरूको सम्मानित संस्था हो ।

प्रतिक्रिया