भारतमा लोप हुँदै गौरैया (भँगेरा) चरा

कुनै समय जताततै देखिने गौरैया (भँगेरा) चरा पछिल्लो समय लोप हुँदै गएको छ । सानो खैरो यो चराको संख्यामा गिरावट आएको पर्यावरणविद्हरुले बताएका छन् ।
भारतीय पर्यावरणविद् सोहेल मदन गौरैया (भँगेरा)को संख्या घट्नुको सबैभन्दा ठूलो कारण मानिससँगको दूरी भएको बताउछन् । यस चरालाई हिन्दीमा गौरैया नामले चिनिन्छ । ‘गौरैया मानिससँग नजिक हुन रुचाउँछन् तर हाम्रो जीवनशैलीमा आएको परिवर्तन, प्रदूषण आदिका कारण निकै गाह्रो भएको छ ।’उनले भने ।
एसी जडान भएकाले घरहरू बन्द छन् । घर र आँगनमा पस्न रमाउने यो चरा सहरीकरण र आधुनिक डिजाइनका घर तथा भवन निर्माणका कारण बासस्थान नपाएपछि लोप हुने चरणमा रहेको पर्यावरणविद् बताउँछन् । ‘उनीसँग गुँड बनाउन पर्याप्त ठाउँ छैन । साथै खेतीपातीमा विषादीको बढ्दो प्रयोगका कारण गौरैया (भँगेरा)लाई खाद्यान्नको अभाव भएको छ ।
गौरैया हेर्दा सानो भए पनि खाद्य श्रृंखलामा निकै महत्वपूर्ण भूमिका खेल्छ । उसले कीरा खान्छ । अर्थात एक प्रकारले प्राकृतिक कीट नियन्त्रणको काम गर्छ । तिनीहरूको कमीले इकोसिस्टमलाई असर गर्छ र अन्नको कमी हुन सक्छ । यसको संरक्षणमा जनचेतना जगाउन हरेक वर्ष २० मार्चमा अन्तर्राष्ट्रिय गौरैया दिवस मनाइन्छ । -एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया