शुक्रबार, चैत १६, २०८०

अर्थमन्त्रीलाई स्वर्णिमको प्रश्न : अपारदर्शी ढंगले करका दर हेरफेर गरिएको हो कि होइन ?

नेपालखोज २०८० जेठ २३ गते १४:३५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले अपारदर्शी ढंगले करका दर हेरफेर गरिएको हो कि होइन ? भनेर प्रश्न गरेका छन् ।

मंगलबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै रास्वपा सांसद वाग्लेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताबारे अर्थमन्त्रीसँग जवाफ मागेका हुन् ।

डा. वाग्लेले अनाधिकृत व्यक्तिको सहभागिताबारे आएको समाचारले आफूहरुलाई झस्काएको बताएका छन् । यसबारे आफ्नो दलले प्रारम्भिक छानबिन गर्दा एचएस कोडका विज्ञलाई सहभागी गराएको भन्दै पनि आएको भन्दै उनले अर्थमन्त्रीलाई तीन प्रश्न गरे ।

पहिलो : यो वर्ष षड्यन्त्रमुलक ढंगले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ?

दोस्रो : एचएस कोडको विज्ञ भनेर संलग्न गराइएको व्यक्तिलाई विधि र प्रकृया पु¥याएर सल्लाहकारीय भूमिकामा राखिएको हो कि होइन ?

र, तेस्रो : ३ करोड जनसंख्या भएको देशमा ३०/३० वर्षसम्म एचएस कोडका दरहरु पाइप गर्न सक्ने जनशक्तिको आकार एक जना वा दुई जना मात्र हुन् ?

कि यसमा सिंगो भन्सार प्रणालीको संस्थागत सुधार गरेर डब्लूसीओ नामक अन्तराष्ट्रिय संस्थाको मानक र मथोडोलोजी अबलम्बन गर्न सक्ने सयौं जनाको काडर बनाउन अर्थमन्त्रीको इमान्दार प्रयास होला कि नहोला ?

प्रतिक्रिया