कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिने
नेपालखोज
२०८० जेठ २३ गते १४:२७

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।
विराटनगरमा बिहान पार्टीका प्रदेश पदाधिकारी सहित भएको माओवादी संसदीय दलको बैठकले हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।
यस्तै आजै कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

सम्बन्धित

प्रतिक्रिया