बिहीबार, चैत १५, २०८०

यहाँ इमानदार भएर काम गर्न अति कठिन रहेछ : अर्थमन्त्री

नेपालखोज २०८० जेठ २३ गते १४:४४

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले इमान्दार भएर काम गर्न अति कठिन भएको बताएका छन् ।

मंगलबार संसदको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री महतले सो कुरा बताएका हुन् ।

उनले भने, ‘यहाँ इमानदार भएर काम गर्न अति कठिन रहेछ। इमान्दार हुँदाखेरि प्रश्नमाथि प्रश्न उठ्दो रहेछ । एउटा पत्रिकाले एउटा न्यूज पटक पटक दोहोर्याउँछ । र, त्यसैलाई हामी सत्य ठान्छौं । तर, वास्तविकता कुनै प्रभावनका मुक्त भएर मैले काम गरेको छु ।’

बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिको संलग्न भएको आरोप लागेपछि उनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया