ओलीले दिए अर्थमन्त्री महतलाई शंकाको सुविधा

नेपालखोज २०८० जेठ २३ गते १५:२०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नता नभएको स्पष्टीकरण दिएका अर्थमन्त्रीलाई शंकाको सुविधा दिएको छन् ।

बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले अर्थमन्त्रीलाई शंकाको सुविधा दिने बताएका हुन् ।

करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे समाचार आएपछि एमालेले सांसदमा प्रश्न उठाएको थियो ।

त्यसपछि मंगलबार नै स्पष्टीकरण दिएका अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दरबारे आधिकारिक व्यक्तिहरुले नै निर्णय गरेको र पूर्व नासू रामकृष्ण श्रेष्ठलाई तथ्यांक इन्ट्रीमा मात्र प्रयोग गरेको बताए ।

प्रतिक्रिया