सकियो जाहेरीवाला पक्षको बहस

नेपालखोज २०८० जेठ २३ गते १७:३८

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित पक्षका तर्फबाट गरिएको बहस सकिएको छ ।

आठ सरकारी र ६ निजी गरी १४ जना वकिलले अभियुक्तलाई कुनै हालतमा छाड्न नहुने जिकिर गरेका छन् ।

निजी कानून व्यवसायीहरुमा स्वागत नेपाल, सुशील शर्मा सापकोटा, राधिका चौलागाईं, दीपकराज रेग्मी, ध्रुवलाल श्रेष्ठ र हरि कुँडारीले पीडित पक्षका तर्फबाट बहस गरेका छन् ।

निजी वकिलहरुमध्ये हरि कुँडारीले अभियुक्तहरुले बयानमा पोलेकाहरुलाई पनि अदालतले प्रतिवादी बनाउँदै जुडिसियल नोटिस पठाउन माग गरेका छन् ।

प्रतिक्रिया