शनिबार, वैशाख १५, २०८१

तराईमा लू र पहाडी भू-भागमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

नेपालखोज २०८० जेठ २४ गते ५:२७

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका ‍एक/दुई स्थानमा मेघ/गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

प्रतिक्रिया