शुक्रबार, वैशाख १२, २०८२

बेलुका ढोकामा बत्ती बाल्दा के हुन्छ ?

नेपालखोज २०८० जेठ २४ गते ५:३८

हिन्दु धर्ममा सन्ध्याकालको अर्थ साँझको समयको धेरै महत्व छ । साँझको समयमा घरमा लक्ष्मीको प्रवेश हुन्छ भन्ने मान्यता छ । यही कारणले गर्दा सूर्यास्त पछिको समयलाई लिएर केहि नियम बनाइएको छ । जसलाई पालना गर्नु धेरै महत्त्वपूर्ण छ । यसो नियमको उन्लघन गर्दा घरमा कहिल्यै समृद्धि आउँदैन भन्ने बिश्वास गरिन्छ ।

शास्त्र अनुसार बेलुका घरको मुख्य द्वारमा दीप प्रज्वलन गर्नु शुभ मानिन्छ । यो समय देवताहरूको पूजा गर्ने समय हो।
मुख्य ढोकामा दियो बाल्दा घरबाट नकारात्मक ऊर्जा हटेर सकारात्मक ऊर्जाको प्रवाह बढ्छ भन्ने विश्वास गरिन्छ ।

साँझ घरको ढोकामा घ्यू वा तेलको दियो बाल्दा धनकी देवी लक्ष्मी प्रसन्न हुन्छिन् । घरको मूल ढोकामा दियो बाल्दा गरिबीले प्रवेश पाउँदैन । सूर्यास्तपछि मुख्य द्वारमा दीप प्रज्वलन गर्दा राहुको प्रभावबाट पनि जोगिन सकिन्छ ।

माथि उल्लेखित जानकारि प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह /सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया