शुक्रबार, वैशाख १४, २०८१

लिन्डाले गरिन् ट्विटरको नयाँ सीईओको पदभार ग्रहण

नेपालखोज २०८० जेठ २४ गते ७:१९

काठमाडौं । लिन्डा याकारिनोले सामाजिक सञ्जाल कम्पनी ट्विटरको नयाँ सीईओको पदभार ग्रहण गरेकी छन् । लिन्डा आफैंले ट्विट गर्दै यसको जानकारी दिएकी हुन् । ट्विटरका मालिक एलन मस्कले मे १२ मा इटालियन मूलकी लिन्डालाई सीईओको रूपमा नियुक्त गर्ने घोषणा गरेका थिए । 

लिन्डाले यसअघि एनबीसी युनिभर्सलमा ग्लोबल एडभर्टाइजिङ र पार्टनरशिपको अध्यक्षको रूपमा सेवा गरिसकेकी छिन । उनले गत महिना भनेका थिए, ‘उनी ट्विटर २.० सिर्जना गर्न  तथा मस्क र लाखौं प्लेटफर्म प्रयोगकर्ताहरूसँग मिलेर व्यापारलाई रूपान्तरण गर्न तयार छिन् ।’

प्रतिक्रिया