युक्रेनको निप्रो नदीको बाँध भत्कियाे, हजारौं मानिस विस्थापित
नेपालखोज
२०८० जेठ २४ गते ७:५९

काठमाडौं । रुसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किएको छ । बीबीसीका अनुसार सो ठूलो बाँध भत्किए पछि हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले नोभा काखोभकामा बाँध भत्किएपछि ८० सहर र गाउँहरू बाढीले डुबानमा पर्न सक्ने बताएका छन् । उनले सो बाँध भत्किनुमा रुसलाई दोष दिएका छन् ।
रुसले आफूमाथि लगाइएको आरोपको खण्डन गरेको छ र युक्रेनकै गोलीबारीका कारण बाँध भत्किएको भनेको छ । बीबीसीका अनुसार युक्रेनको आरोप र रुसको खण्डन दुवै पुष्टि हुन सकेको छैन ।
मस्को र किभले एकअर्कालाई काखोभका बाँध भत्काएको आरोप लगाएका छन् । रुसले गत वर्ष युक्रेनमा आक्रमण गरेलगत्तै दक्षिणी युक्रेनको बाँध कब्जा गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया