शुक्रबार, वैशाख ७, २०८१

‘ए’ डिभिजन लिग फुटबलमा आज तीनवटा खेल हुँदै

नेपालखोज २०८० जेठ २४ गते ८:४७

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीनवटा खेल हुँदै छन् । दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुने छ । च्यास मैदानमा मनाङ मस्र्याङ्दी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने छ ।

मनाङ ३२ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ भने एनाआरटी ३० अंकसहित ११ औं स्थानमा रहेको छ । ११ औं स्थानमा रहे पनि एनआरटीलाई पनि रेलिगेशन खतरा टार्नका लागि मनाङविरुद्ध जित निकाल्नु पर्ने छ ।

मनाङ र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरुहुने छ । यसैगरी दशरथ रंगशालामा दिउँसो ३ बजे हिमालयन शेर्पा क्लब र मछिन्द्र क्लब भिड्दै छन् ।

मछिन्द्र ३९ अंकसहित दोस्रो स्थानमा रहेको छ भने हिमालयन शेर्पा ३२ अंकसहित आठौं स्थानमा रहेको छ ।

यसैगरी साँझ ६ बजे संकटा  फ्रेन्ड्स क्लबबीच खेल हुने छ । संकटा ३० अंकसहित तालिकाको १० औं तथा फ्रेन्ड्स २६ अंकसहित पुछारमा रहेको छ ।

आजको खेलमा फ्रेन्८्स पराजित भए रेलिगेशन पर्ने पहिलो टिम बन्ने छ । फ्रेन्ड्स क्लवले जित निकाल्दा रेलिगेशन भिडन्त थप रोमाञ्चक बन्ने छ   ।

प्रतिक्रिया