शनिबार, वैशाख १५, २०८१

अमेरिकाको कमनवेल्थ विश्वविद्यालय नजिक गोलीबारी

नेपालखोज २०८० जेठ २४ गते ८:५८

अमेरिका । अमेरिकामा लगातार गोलीकाण्डका घटनाहरु भैरहेका छन् । पछिल्लो घटना भर्जिनियामा भएको छ। भर्जिनियास्थित कमनवेल्थ युनिभर्सिटी नजिकै ग्रेजुएसन समारोहपछि भएको गोलीबारीमा सातजनाको मृत्यु भएको छ भने ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

गोली प्रहारमा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरी अधिकारी रिक एडवर्ड्सले भर्जिनिया कमनवेल्थ युनिभर्सिटी नजिकै बन्दुक चलेको घटनापछि दुई संदिग्धलाई पक्राउ गरिएको एसोसिएटेड प्रेसले बताएको छ। यो घटनामा कम्तीमा १२ जना घाइते भएका छन् ।

ग्रेजुएसन समारोह भएको थिएटर भित्र स्थानीय समय अनुसार साँझ ५:१५ बजे बन्दुकको आवाज सुनिएको थियो । प्रहरी अधिकारी एडवर्ड्सले घटनापछि प्रहरी सक्रिय भएको र गोली लागेकाहरूलाई अस्पताल लगिएको बताए ।

अमेरिकामा गोलीकाण्डका घटनाले रोकिने नाम लिइरहेको छैन् । यसअघि गएको आइतबार क्यालिफोर्नियाको सन्नीभेल सहरमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए ।

प्रतिक्रिया