बिहीबार, चैत १५, २०८०

सामसुङको मिड-रेन्ज प्रिमियम स्मार्टफोन

नेपालखोज २०८० जेठ २४ गते ११:२६

काठमाडाैं । सामसुङ ग्यालेक्सी एफ ५४ फाइभ जी फोनलाइ कतिपय उपभोक्ताले उत्सुकतापूर्वक पर्खिरहेका थिए। यो फोन हालै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको छ । मूल्य सेग्मेन्टलाई तुलना गरेर हेर्दा सामसुङ कम्पनीले यो फ्ल्यागशिप स्मार्टफोनमा धेरै सुविधाहरू उपलब्ध गराएको छ। बिशेषत : फोटोग्राफीका शौकीनहरुलाई यो स्मार्टफोन निकै मन पर्नेछ । कम्पनीले यो फोनमा १०८ मेगापिक्सेलको क्यामेरा दिएको छ भने यसको अन्तर्राष्ट्रिय बजार मूल्य ४५ हजार जति छ ।

ग्यालेक्सी एफ ५४ फाइभ जीले पूर्ण क्षमताका साथ सार्थक इनोभेशन प्रस्तुत गरेको सामसुङको दाबि छ । यो फोनमा नाइटोग्राफी र एस्ट्रोल्याप्स जस्ता सुविधाहरू सँगै १२० हर्जको सुपर अमोलेड प्लस डिस्प्ले , ६००० एमएएचको ब्याट्री दिइएको छ भने चार वटा अपरेटिङ सिस्टममा अपग्रेड समावेस छ ।

यो ग्यालेक्सी एफ ५४ फाइभ जी को विशेषता ६.७ इन्चको एफएचडि सुपर अमोलेड डिस्प्ले पनि हो । यो स्मार्टफोनको डिस्प्लेमा १२० हर्ज रिफ्रेस रेट उपलब्ध हुन्छ । सामसुङ ग्यालेक्सी एफ ५४ फाइभ जी मा Exynos १३८० प्रोसेसर पाइनेछ भने यसको ६ हजार एमएएचको ठूलो ब्याट्री लाई २५ वाटक‍ फास्ट चार्जिङक‍ो सपोर्ट रहनेछ । यो फोनमा ट्रिपल क्यामेरा सेटअप दिइएको छ जसमा १०८ मेगापिक्सेलको प्राइमेरि क्यामेरा समावेश छ ।

एआइको सहयोगमा यो स्मार्टफोनमा उत्कृष्ट नाइट फोटोग्राफी पनि गर्न सकिनेछ । यसको अगाडि ३२ मेगापिक्सेलको क्यामेरा उपलब्ध छ । यसमा ८ जिबि र्याम तथा २५६ जिबि स्टोरेज दिइएको छ ।

प्रतिक्रिया