शुक्रबार, चैत १६, २०८०

खाद्य सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण कुराहरू

नेपालखोज २०८० जेठ २४ गते १४:०६

काठमाडौं । जुन ७ मा विश्वभर खाद्य सुरक्षा दिवस मनाइन्छ ।

यो दिवसमा खानासँग सम्बन्धित रोग र तिनको रोकथाममा बढी ध्यान दिइन्छ। खाद्य स्वच्छता र सुरक्षामा ध्यान केन्द्रित गर्न हरेक वर्ष विश्व खाद्य सुरक्षा दिवस मनाइन्छ। यस वर्ष यो दिवसको नारा ‘खाद्य मापदण्डले जीवन बचाउँछ’ ( ‘Food standards save lives’ ) राखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर १० मध्ये १ जना खानासँग सम्बन्धित रोगबाट पीडित छन् । यति मात्र होइन खराब खानाका कारण दैनिक १६ लाख मानिस बिरामी पर्छन् ।

यस्तो अवस्थामा खराब खानासँग सम्बन्धित रोगहरूका बारेमा जान्नु र त्यसबाट आफूलाई जोगाउनु अत्यावश्यक छ । कतिपय घातक रोगहरू खराब खानाबाट नै सुरु हुन्छन् ।

खाद्य संक्रमण

खराब खाना वा दूषित खानाका कारण संक्रमणको शिकार हुन सकिन्छ। यसमा शरीरले दूषित खानाको विरुद्ध प्रतिक्रिया गर्छ र बिरामी परिन्छ।

खाद्य विषाक्तता

खाद्य विषाक्तता सामान्यतया दूषित खानाका कारण उत्पन्न हुन्छ । यसमा मानिस गम्भीर अवस्थामा पुग्नसक्छ । वाकवाकी लाग्नु , बान्ता हुनु तथा डिहाइड्रेसन यसका केही प्रमुख लक्षण हुन ।

टाइफाइड, हैजा तथा पखाला

टाइफाइड, हैजा तथा झाडापखाला साल्मोनेला टाइफी ब्याक्टेरियाबाट लाग्छ । साल्मोनेला टाइफी प्याजजस्ता तरकारीबाट पनि फैलन सक्छ ।

कलेजोको रोग

कलेजोसँग सम्बन्धित रोग खराब आहारसँग सम्बन्धित हुन सक्छ । यसले संक्रमण र कलेजो क्षति हुन सक्छ। त्यसैले खानपानमा ध्यान दिनुपर्छ ।

नोरोभाइरस

नोरोभाइरसले धेरै भाइरल संक्रमण निम्त्याउन सक्छ। विशेष गरी मौसमी रोग तथा हेपाटाइटिस ए । यस्तो अवस्थामा यी रोगहरूका बारेमा जानकारि राख्नु अनि खानपानमा विशेष ध्यान दिनु महत्त्वपूर्ण हुन्छ । यसकालागि पनि दूषित खानेकुरा जिम्मेवार छ ।

खाद्य सुरक्षासँग सम्बन्धित केहि महत्त्वपूर्ण कुराहरू :

  • काँचा खानेकुरा नखानुहोस् वा खानु परे तिनको सरसफाइ सुनिश्चित गर्नुहोस् । कटमेरा चीजहरू नखानुहोस् ।
  • खाना खानु अघि वा पछि कम्तिमा २० सेकेन्डसम्म साबुन पानीले राम्रोसँग हात धुनुहोस्।
  • प्रतेक पटकको प्रयोग पछि भाँडाकुडा , काट्ने बोर्डहरू तातो साबुन पानीले धुनुहोस्।
  • मासु, सि फुड तथा अण्डा आदि ध्यानपूर्वक उपभोग गर्नुहोस्। यीनको ताजापन सुनिश्चित हुनुपर्छ ।
  • फलफूल तथा तरकारीहरू धोएर मात्र तयार गर्नुपर्छ ।
  • काँचो तथा पाश्चराइज्ड नगरिएको दूध अनि जुसहरू नपिउनु होस् ।
  • खानेकुरा खुल्लामा राख्नुहुँदैन भने सफा पानी पिउनुपर्छ । पानी उमालेर चिसो बनाएपछि मात्र पिउनु उपयुक्त हो ।

प्रतिक्रिया