बिहीबार, वैशाख १३, २०८१

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ २४ गते २२:०५

निर्वाचन आयोगले जेठ २६ गते शुक्रबार बिहान साढे ११ बजे आगोगको सभाहलमा बस्नेगरी बैठक बोलायाे ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट कानुन व्यवसायीहरुले बहस ।

कोसी प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन, २०७९ (पहिलो संशोधन) अध्यादेश, २०८० लाई प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय ।

गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग : एनआरटीकाे जित, संकटा र फ्रेन्ड्सकाे बराबरी, मच्छिन्द्र बन्यो उपविजेता ।

बङ्गलादेशमा दशकौं यताकै लामो गर्मी, विद्युत् कटौतीसँगै विद्यालय बन्द ।

चाैबीस घन्टाभित्र जनतालाई सेवा दिन नसक्ने राज्यका निकायलाई कारबाही गर्नुपर्छ ।

नेकपा (एमाले) ले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा एक लाख १९ हजार ९६ नयाँ सदस्यताको आवेदन ।

प्रतिक्रिया