मेघगर्जन/ चट्याङसहित वर्षाको सम्भावना

नेपालखोज २०८० जेठ २५ गते ६:०४

काठमाडाैं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने कोसी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ/गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ भने काेसी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ/गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया