प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास

काठमाडौं । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा जेठ २४ गते प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धारको अभ्यास गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको पहलमा प्रदेशस्तरीय जल उत्पन्न प्रकोप सम्बन्धी संयुक्त रूपमा उद्धार अभ्यास सम्पन्न भएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री माननीय सरोजकुमार यादवको प्रमुख आतित्थ्यमा सम्पन्न अभ्यास कार्यक्रममा नम्बर २ छिन्न्मस्ता बाहिनी मुख्यालयका बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, प्रदेशस्थित अन्य सुरक्षा निकायका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, रेडक्रसलगायत विपद् व्यवस्थापनमा सरोकार राख्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको प्रतिनिधि र भद्र भलादमीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल र अन्य सुरक्षा निकायले संयुक्तरुपमा जल उत्पन्न प्रकोप उद्धार सम्बन्धी डेमो प्रदर्शन गरेका थिए ।



प्रतिक्रिया