प्रशिक्षक मोन्टी दक्षिण अफ्रिका प्रस्थान

नेपालखोज २०८० जेठ २५ गते १२:१८

काठमाडौं । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई बिहीबार बिहान दक्षिण अफ्रिका प्रस्थान गरेका छन् । भिसाको कारण भारतमा रोकिएका मोन्टी बिहीबार बिहानै दक्षिण अफ्रिका लागेका हुन् ।

‘बुधबार साँझ मोन्टीको भिसा आएको थियो । बिहीबार बिहान ४ बजेनै दक्षिण अफ्रिकातर्फ प्रस्थान गरेका छन् । आज साँझ सम्म त्यहाँ पुग्नेछन्’, क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने ।

नेपालले बिहीबार स्कटल्यान्डसँग अभ्यास खेल खेल्दैछ ।

प्रतिक्रिया