आइतबार, जेठ ५, २०८२

नेपाल–पाकिस्तानपछि बंगलादेशकाे पनि ‘अखंड भारत’को नक्सामा आक्रोशित

नेपालखोज २०८० जेठ २५ गते १३:१३

एजेन्सी । नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा देखेपछि छिमेकी राष्ट्रहरू आक्रोशित भएका छन् ।

नेपाल, अफगानिस्तान, पाकिस्तान, बङ्गलादेश, म्यानमार, तिब्बत र श्रीलङ्कालाई भारतको हिस्साको रूपमा देखाइएको छ । बङ्गलादेशका राजनीतिक दलहरूले संसद्मा ‘अखण्ड भारत’को भित्ति चित्रलाई लिएर कडा प्रतिक्रिया दिएका छन्

पहिले नेपाल, त्यसपछि पाकिस्तान र अहिले बङ्गलादेशका नेताहरूले भारतको संसद्मा ‘अखण्ड भारत’को विरोध गरेका छन् ।

छिमेकीको गुनासोलाई ध्यानमा राख्दै भारतीय विदेश मन्त्रालयले आफ्नो प्रतिक्रिया दिएको छ । विदेश मन्त्रालयका अनुसार यसमा ‘अखण्ड भारत’को नक्सा नभई सम्राट् अशोकको ‘साम्राज्य’ देखाइएको छ ।

भारतको विदेश मन्त्रालयले सबै छिमेकी देशको सार्वभौमसत्ताको सम्मान गर्ने स्पष्ट पारेको छ । तर, भारतको यो बयानपछि पनि बङ्गलादेशमा हङ्गामा जारी छ । अवामी लिगसँगै बङ्गलादेशको विदेश मन्त्रालयले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया