लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा आगलागी
नेपालखोज
२०८० जेठ २५ गते १८:२८

काठमाडाैं । लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीको निर्माणाधीन भवनमा बिहीबार ठूलो आगलागी भएको छ। खबर पाएलगत्तै दमकलले आगो निभाउन घटनास्थल पुगेको थियो ।
आगलागीको कारण भने खुल्न सकेको छैन । लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले भवन निर्माणाधीन रहेकाले कुनै मानवीय क्षति नभएको बताएका छन् । घटनाको थप विवरणहरू सार्वजनिक हुन बाँकी छ ।
सम्बन्धित

प्रतिक्रिया