शुक्रबार, वैशाख १४, २०८१

प्रतिनिधिसभाको बैठक : आव ०८०/०८१ को राजश्व र व्ययको वार्षिक बजेटमाथिको छलफल जारी रहने

नेपालखोज २०८० जेठ २६ गते ६:०१

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद्काे भवन नयाँ बानेश्वरमा बस्ने छ । आजकाे बैठकमा पनि आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहनेछ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन–२०७९ पेस गर्ने कार्यसूची रहेको छ ।

साथै सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट वि.सं. २०४८ सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित, वि.सं. २०६४ सालको संविधानसभामा मन्त्रिपरिषद्बाट मनोनीत सदस्य महेश चौधरीको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

प्रतिक्रिया