मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२३

नेपालखोज २०८० जेठ २६ गते ८:२२

काठमाडौं । विश्वकर्मा समुदायका युवायुवतीलाई लक्षित गर्दै बिब्रोस् इन्टरटेनमेन्टले दोस्रो संस्करण ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२३’ को आयोजना गर्दैछ ।

प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सञ्जय विश्वकर्माले जानकारी दिएका छन् ।

‘म आफैँ पनि मोडलिङमा सक्रिय भएकाले प्रतिभालाई मौका दिउँ भनेर यसको सुरुआत गरेको हुँ । अघिल्लो वर्षदेखि सुरू भएको यस प्रतियोगिताको विजेतालाई समेत हामीले मौका दिएर अगाडि बढाउने गरेका छौँ’, अध्यक्ष विश्वकर्माले भने ।

आज जेठ २६ गते राष्ट्रिय नाचघरमा जमलमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाका लागि २३ जना युवायुवती प्रतिस्पर्धा गर्दै छन् । यसकालागि नेपालभरबाट छनोट भएका प्रतिस्पर्धीलाई झण्डै एक महिनाको विशेष प्रशिक्षण दिइएको छ ।

नेपालका चर्चित मोडल तथा कोरियोग्राफर दिक्पल कार्कीबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइएको आयोजकहरुले जनाएका छन । त्यस्तै, प्रतियोगितामा फेसन डिजाइनर रोहित चौधरी, रोविन परिवार र ज्वालाराज पोखरले पहिरनको डिजाइन गर्दैछन् ।

प्रतियोगितामा १६ वर्षदेखि २९ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले नगद पुरस्कारसहित विभिन्न सौन्दर्य प्रतियोगितामा सहभागीसँगै म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउने बताइएको छ ।

प्रतिक्रिया